आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो । पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन […]

Continue Reading

नवरात्रको दोस्रो दिन आज, ब्रह्मचारिणी देवीको उपासना गरिँदै !

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लिइछ । देवी पुराणको ४५ औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ । दधाना करपद्यमाध्याम् […]

Continue Reading

आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला

आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ ।दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा […]

Continue Reading

चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ ।चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा […]

Continue Reading

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु,घरघरमा जमरा राखिँदै

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ। घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ।आज बिहानै […]

Continue Reading

यस वर्षको सोह्रश्राद्ध आज आइतबारबाट सकिँदैछ

यस वर्षको सोह्रश्राद्ध आज आइतबारबाट सकिँदैछ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ ।असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको […]

Continue Reading

आजदेखि गाडीको यान्त्रिक परीक्षण गरिने, कुन- कुन सवारीले यान्त्रिक परीक्षण अनिवार्य ?

चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयले सवारीको अनुगमनदेखि व्यवस्थापनमा चासो देखाएको छ। सरकारले चाडपर्वको बेला दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ। समितिले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनमा अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने […]

Continue Reading

यस्तो छ नेपाल टेलिकमको दसैंतिहार अफर

नेपाल टेलिकमले दसैंतिहारको अवसरमा आइतबारदेखि विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ। यो अफर असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। डेटा प्याक अन्तर्गत २९४ रूपैयाँमा दस दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ। त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ […]

Continue Reading

आज पनि मौसम आंशिकदेखि पूर्ण बदली हुने, केही ठाउँमा भारी वर्षा

आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो […]

Continue Reading

एनसीसी बैंक र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ ।एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानीगर्दा १० प्रतिशतसम्म अथवा बढीमा एक सय रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको छ । यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा […]

Continue Reading