को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव ?

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा […]

Continue Reading

उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै !

उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । उपराष्ट्रपतिका पदका लागि तीन जना प्रतिस्पर्धामा हुनुहुन्छ । सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झाबीच प्रतिस्पर्धा हुनेछ । जसपाकै उम्मेदवार […]

Continue Reading

राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा पदभार ग्रहण !

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । उहाँले साेमवार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत […]

Continue Reading

यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा !

यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव, […]

Continue Reading

उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय

राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सि आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको […]

Continue Reading

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका […]

Continue Reading

आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदै !

आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएका छन् । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि […]

Continue Reading

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा !

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय […]

Continue Reading

राष्ट्रपति चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने !

राष्ट्रपति चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ ।निर्वाचन आयोगका अनुसार राष्ट्रपति चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज राति १२ बजेदेखि मतदान हुने दिन आउँदो २५ गते बिहीवार मतदान केन्द्र बन्द नभएसम्मका प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को […]

Continue Reading

राष्ट्रियताकाे कुरा गर्दा कसैले चित्त नदुखाए हुन्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र र नागरिककाे हित विपरीत चल्न खोजे सह्य नहुने चेतावनी दिनुभएको छ । उहाँले राष्ट्र र नागरिककाे हित विपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरूले सफल हुन नदिने बताउनुभयो । सुखानीका शहीदहरूको स्मृतिमा आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरूले राष्ट्रियताको कुरा गर्दा […]

Continue Reading