मेयरले उद्घाटन गरेलगत्तै भत्कियो पुल (भिडियो)

Breaking News Political
Spread the love

मेक्सिकोको पर्यटकीय शहर च्वेर्नाभाकामा मंगलवार एक झोलुंगो पुलको उद्घाटन समारोह चल्दै गर्दा पुल भत्किएपछि मेयर सहित २५ जना तल खोल्सोेमा लडेका छन् । उक्त पुल काठका तखता र फलामे सिक्रीका साथ बनाइएको थियो । त्यसलाई भर्खरै मात्र नवीकरण गरिएको थियो । घटनाको भिडियो हेर्दा काठका तखता सिक्रीबाट छुट्टिएकाले पुल भत्केको देखिन्छ ।

एकैपटक २५ जना मानिस पुलमा चढेकाले भार थाम्न नसकी पुल भत्केको बताइएको छ । मेयर तथा नगर परिषद्का सदस्यहरू १० फीट तल खोल्सोको पिँधमा रहेको पत्थर र चट्टानमा ठोकिन पुगेका थिए । घट नामा घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । सातजना गम्भीर घाइते भएका छन् । उनीहरूको स्वास्थ्य स्थिर रहेको बताइएको छ ।

उक्त स्थान राजधानी मेक्सिको सिटीबाट ८० किलोमिटर दक्षिणमा पर्छ ।च्वेर्नाभाका डाँडाकाँडा र खोंच भएको ठाउँ हो । त्यहाँ १६औं शताब्दीमा बनाइएको एक मोनास्ट्री पनि छ । त्यहाँको मौसम सदाबहार रहने गरेकाले छुट्टी बिताउन मानिसहरू पुग्ने गरेका छन् ।

उक्त शहरमा रहेका अनेकौं खोल्साहरूमा यस्तै किसिमका पुल छन् । पर्यटकहरूले ती खोल्सामाथिका पुलको बाटो हुँदै प्राकृतिक आकर्षणका केन्द्रहरूको अवलोकन गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.