ब्युटी प्याजेन्टका नाममा यौ न शोषण,प्रहरी जघन्य अप राधमा के हेरिरहेको छ?

Breaking News Social
Spread the love

बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौ न शोषणको घट ना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बला त्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बला त्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्।

शो षण गर्नेमा एक जना फोटोपत्रकार र कन्सल्टेन्सी संचालक रहेको उनले बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। ‘हामीले पनि सामाजिक सञ्जालबाट जानकारी आएपछि अनुसन्धान सुरु गरेका छन्। यस घट नासँग सम्बन्धितसँग सम्पर्कदेखि अन्य काम भइरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने।

युवतीले आफूमाथि भएको बला त्कार र पी डकहरुको बारेमा त्यस समय मिस नेपाल २००२ माल्भिका सुब्बालाई समेत जानकारी दिएको बताएकी छिन्। तर, माल्भिकाले गैर जिम्मेवार तरिकाले युवतीलाई आफूले केही गर्न नसक्ने उत्तर दिएको भिडियोमा उनले बताएकी छिन्। हाल युवतीको ‘कन्फेसन’ सामाजिक संजालमा भाइरल भइरहेको छ। धेरैजनाले माल्भिकाको ‘फेमिनिस्ट’ छविमाथि प्रश्न उठाउँदै प्रश्न गरिरहेका छन्। पीडित युवतीले पीडकहरुको नाम नभने पनि सामाजिक संजाल प्रयोगकर्ताहरुले भने पीडकको तस्बिर सार्वजनिक गरेर न्यायको लागि आवाज उठाइरहेका छन्।

तर अहिलेसम्म किशोरीले प्रहरीमा उजुरी दिएकी छैनन्। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा पनि यौ नसम्बन्ध राख्न‍ नि षेध गरेको छ। घट ना भएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा कम देखिएको छ।यस्ता, प्रकृतिका घट नामा प्रहरी कम संवेदनशील हुने गरेको मानवअधिकारकर्मी मोहना अन्सारी बताउँछिन्।

Leave a Reply

Your email address will not be published.