प्रकाश सपूत भन्छन कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ !

Uncategorized
Spread the love

गायक प्रकाश सपूतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन् ।

उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउँदै समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजिएको पनि उल्लेख गरेका छन् ।

कलाकारको चाहना सबैको मनमा बस्ने भएपनि त्यो चाहना पुरा हुन नसकेको उनले बताएका छन् । ‘सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत पिरका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु’, उनले सामाजिक सञ्जालमार्फत सोमबार भनेका छन्,

‘गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरुले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु।’

Leave a Reply

Your email address will not be published.