पूर्वराजा ज्ञानेन्द्र शाहलाई कैलालीमा अभिनन्दन

Social
Spread the love

कैलालीको धनगढीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरिएको छ। धनगढी रंगशालामा सोमबार पूर्वराजा शाहलाई अभिनन्दन गरिएको हो।नेपालगञ्जबाट आफैं गाडी चलाएर पूर्वाराजा शाह कैलाली पुगेका थिए। उनीसँगै हिमानी शाह पनि कैलाली पुगेकी छन्। उनीहरू रुबस होटलमा बसेका छन्।पूर्वाराजा शाहलाई अभिनन्दन गर्न जयन्त चन्दको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो।

यो पनि:नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो ।

पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणका सिलसिलामा तयारीको काम गरेका थिए ।निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ ।

यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।निगमले क्वालालाम्पुर-भैरहवाको प्रमोशनल भाडादर १२ हजार ७ सय तोकेको छ । क्लावालाम्पुर–भैरहवा–काठमाडौं रुटको प्रमोशनल भाडादर १४ हजार ७२० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.