आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले नयाँ अफर ‘५ को ५’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले वालेटमा लिन्क गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा इ–बैकिंङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा सामसङको ग्यालेक्सी बड्स प्राप्त गर्न सक्नेछन् ।
साथै आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा पनि यो उपहार जित्न सकिनेछ ।उल्लेखित कारोबार गरेको ग्राहकमध्ये पाँचजना विजेताले सामसङको ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् । यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना विजेताले एक हजार रुपैयाँ जित्ने मौका पाउनेछ ।
सो रकम विजेताको वालेटमा नै लोड हुने कम्पनीले जनाएको छ । यो अफर चैत १ गतेदेखि सुरु भएर चैत १५ गतेसम्म चल्नेछ ।