आज २०७९ साल असोज ७ गते शुक्रबारको राशिफल, तपाईँको आजको दिन कस्तो रहनेछ ?

Religious/Rashifal
Spread the love

मेष : आम्दानी बढ्नेछ। दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ।कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published.