ई–सिम राखेपछि किन हरायो आईएमईआई नम्बर ?

Other
Spread the love

टेलिकमले लामै समय लगाएर टेस्ट (परीक्षण) गरिवरि ई–सिम बाँढेको बताएको थियो । कम्पनीका कर्मचारीकै मोबाइल डिभाइसमा समेत इन्स्टल गरेर जाँच गरिएको टेलिकमले बताए पनि अहिले उपभोक्ताको फोनमा समस्या देखिएको छ । ई–सिम इन्स्टल नभएपछि प्रयोगकर्ताले एनटीसी, एनसेल र स्मार्ट सेलका भौतिक सिमकार्ड हालेर फोन चलाउन खोजेका थिए । तर, ती पनि नचलेपछि उनीहरू निराश छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले भदौ ३१ बाट वितरण सुरु गरेको ई–सिम कार्ड जडानका क्रममा कतिपय सेवाग्राहीको मोबाइल फोनबाट आईएमईआई नम्बर हराएको छ । नेपाल टेलिकमले पर्याप्त परीक्षण गरेर ग्राहकहरूलाई ई–सिम कार्ड बाँढेको बताए पनि विशेषतः गुगलका फोनमा ई–सिमको सफ्टवेयर इन्स्टल गर्नासाथ डिभाइस नै करप्ट हुने (बिग्रिने) समस्या देखिएको छ ।

ई–सिम राख्न क्युआर इन्स्टल गर्दा आफ्नो फोनमा ‘इरर’ देखाएको र त्यसपछि भौतिक सिम कार्डसमेत नचल्ने गरी डिभाइस करप्ट भएको भक्तपुर, जगातीका विवेक मगरले बताए । ‘ई–सिम बाँढेको पहिलो दिन नै एनटीसीको सुन्धारा कार्यालयमा गई फर्म भरेर ई–सिमको लागि क्युआर स्क्यान गरेको थिएँ,’ विवेकले भने, ‘त्यो बेला इरर देखायो ।

धेरैपल्ट कोशिस गरेपछि त्यहाँका कर्मचारीलाई सोधिखोजी गरेँ । कसैलाई पनि यसबारे थाहा थिएन ।’ उनले गुगल पिक्सेल ६ फोनमा ई–सिम राख्न खोजेका थिए । टेलिटकम कार्यालयको ई–सिम वितरण गरिने कोठाको भित्तामा गुगल पिक्सेल ६ ले ई–सिम सपोर्ट गर्ने भनेर टाँसिएको छ ।

Leave a Reply

Your email address will not be published.