कपन आगलागी अपडेट : तीन जनाको मृ त्यु

Social
Spread the love

बूढानीलकण्ठ नगरपालिका-१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृ त्यु भएको छ।राममन्दिर छेउको घरमा अक्सिजन प्लान्ट पड्केर आगलागी हुँदा ठूलो क्षति भएको हो। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएको जनाइएको छ।

स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो। आगलागीमा परी मृ त्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए। उनका अनुसार मृतक पहिचान समाचार तयार पार्दासम्म हुन सकेको छैन।

आगो निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए।

Leave a Reply

Your email address will not be published.