आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्

हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै […]

Continue Reading

आज २०७९ साल माघ १८ गते बुधबारको राशिफल !

मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ।वृष : शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। दिन सामान्य छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।कर्कट : नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। […]

Continue Reading

रवि लामिछाने ओली भेट्न बालकोट पुगे, राखे गृह मन्त्रालय पाउनुपर्ने अडान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति […]

Continue Reading

किन झुण्ड्याइन्छ पसलमा कागती र खुर्सानीको माला

तपाई हामीले अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं । यसो गर्नुको पछाडि कसैको खराब नजर नलागोस् भनि गरिएको भनिने गरीन्छ । साथै यसले भविष्यमा हुन सक्ने दुर्घटना तथा क्ष्ँतिलाई टार्न सकिने विश्वास राखिन्छ । एक प्रकारले यसलाई अन्धविश्वास मान्नेहरु पनि छन् तर पनि पसल तथा सवारीमा कागती र […]

Continue Reading

छिटोछिटो पिसाब लाग्ने समस्या छ भने यो रोगको लक्षण हुनसक्छ

प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ । छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर […]

Continue Reading

साफ यू-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीको बिदाइ

बङ्गलादेशमा आयोजना हुने साफ यु–२० ( २० वर्षमुनि)महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गरे । साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत […]

Continue Reading

नेपाल अति भ्रष्टाचार हुने मुलुकहरुकै सुचीमा !

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टमा २०२२ मा नेपालले सयमा ३४ अंक मात्रै प्राप्त गरेर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पमिद्मनी […]

Continue Reading

गायक खरेलले पाउने पारिश्रमिक घाइतेको उपचारमा खर्च गरिने

गायक प्रमोद खरेलले घनकुटा महोत्सवमा आयोजकले आफूलाई उपलब्ध गराउने भनिएको रकम नलिने जनाएका छन् । आफ्नो प्रस्तुति हुनु केही समयअघि भएको घटनाबाट आफू स्तब्ध भएको जनाउँदै खरेलले घटनामा घाइतेको उपचारका लागि पारिश्रमिक उपलब्ध गराएको बताएका हुन् । आफ्नो प्रस्तुति हेर्न आउने दर्शक घटनामा परी घाइते हुनुले आफूलाई दुखित बनाएको समेत उनको भनाइ छ । ‘उत्साह […]

Continue Reading

नवजात शिशुको आवश्यकताहरू के हुन् ? के–केमा ध्यान दिनुपर्छ ?

नवजात शिशुलाई स्वस्थ र निरोगी राख्न अतिरिक्त स्याहार गर्नुपर्छ । अत्यावश्यक स्याहार भएन भने शिशुको मृत्यु पनि हुन सक्छ । स्वास्थ्य संस्था, घर वा जुनसुकै ठाउँ र अवस्थामा जन्मेको भए पनि नवजात शिशुको स्याहार अत्यावश्यक छ । आमाले नवजात शिशुमा हुने खतराका लक्षणबारे स्वास्थ्यकर्मीबाट जानकारी लिइराख्नुपर्छ । यसो भएमा आफ्नो बच्चालाई कुनै समस्या आएमा थाहा […]

Continue Reading

विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा […]

Continue Reading